मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष ७ बुधबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो राष्ट्रिय सम्मेलनको लोगो

Read Time : < 1 मिनेट
२०७८ पौष ७ बुधबार १४:०६:००

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो।  सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

महराका अनुसार प्रज्ञा भवनमा लगभग एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर टाँग्न थालिएको छ। महाधिवेशनमा प्रदेशबाट आठ सय तीनजना प्रतिनिधि, आयोजक एक सय र थप ६९ जना, सल्लाहकार एक सय ४९, केन्द्रीय विभागबाट एक सय दुई, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट एक सय २५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन्। 
सबैको ५ प्रतिशत मनोनीत (पूर्वजनमुक्ति सेना, पार्टी एकताबाट आएका) गरी एक हजार पाँच सय ३३ जना। घटबढ हुन सक्ने।