Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार ०८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि दीक्षान्तमा पदक पाउनेमा ६१ प्रतिशत छात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार ०८:३२:००

एक वर्षको अवधिमा झन्डै ३० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लगे, तर गोल्ड मेडलिस्ट र पिएचडी उपाधि पाउनेलाई मात्रै बोलाएर त्रिविको दीक्षान्त

त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट शैक्षिक नतिजा ल्याएबापत प्राप्त हुने कुल पदकमध्ये ६१ प्रतिशत छात्राले पाएका छन् । त्रिविले ४७औँ दीक्षान्त समारोहमा वितरण गरेको कुल २६ पदकमध्ये ६१ प्रतिशत छात्राले पाएका छन् । कतिपय छात्राले एक र कतिपयले दुईवटासम्म पदक पाएका छन् । 

४७औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार पाउने छात्राहरूमा मेरिना नेपाली, एलिसा पौड्याल, सृष्टि न्यौपाने, सिर्जना श्रेष्ठ, सफला धिताल, प्रतीक्षा सिंह, समीक्षा कार्की, निशा व्यञ्जनकार, नम्रता कोइराला, दीप्ति सापकोटा, मन्दिरा न्यौपाने, बबिता ग्वाछा र रोजी महर्जन छन् । केही छात्राले दुईवटा पदक पाएका छन् । यस वर्ष एउटै व्यक्तिले धेरै पदक पाउनेमा प्रमोद नेपाल छन् । एमए अर्थशास्त्रमा सर्वप्रथम भएका रत्नराज्य लक्ष्मी क्याम्पसका नेपालले तीन पदक पाएका हुन् । 

त्रिभुवन विश्वविद्यालय गोल्ड मेडलिस्ट र पिएचडी उपाधि प्राप्त विद्यार्थीलाई मात्र बोलाएर दीक्षान्त समारोह सम्पन्न गरेको छ । एक वर्षको अवधिमा झन्डै ३० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लगे पनि कोभिडको जोखिम भएको भन्दै गोल्ड मेडलिस्ट र पिएचडी उपाधि पाउनेलाई मात्रै बोलाएर त्रिविको दीक्षान्तमा सहभागी गराएको हो । 

यस वर्ष त्रिविबाट दीक्षित हुनेको संख्या अघिल्लो वर्षभन्दा झन्डै ५० प्रतिशत कम छ । स्नातकदेखि पिएचडीसम्मका गरी ४७औँ दीक्षान्त समारोहमा २९ हजार सात सय २९ विद्यार्थी दीक्षित भएका छन् । अघिल्लो वर्ष ५९ हजार विद्यार्थी दीक्षित भएका थिए । त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विश्वव्यापी महामारीका कारण परीक्षाहरू पछि धकेलिँदै गएकाले यस वर्षको दीक्षान्त समारोहमा दीक्षित हुनेहरूको संख्या कम भएको बताए । 

१ असार ०७७ देखि ३२ जेठ ०७८ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गतका स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडी गरिसकेका २९ हजार सात सय २९ विद्यार्थी दीक्षित भएका हुन् ।