मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ५ सोमबार १६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस् : अध्यक्ष नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ५ सोमबार १६:४८:००

सत्तासाझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई स्विकार्न नसकिने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसिसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने भन्दै यस्तो बताएका हुन्।

नेपालले सेना वा नेपालको सार्वभौम सत्तासँग एमसिसी जोडिनु नहुने भन्दै उनले सत्तारुढ पाँच दलबीच छलफल गरेर एमसिसीबारे साझा निष्कर्ष निकाल्ने बताए। उनले आफूले एमसिसीको अन्तर्वस्तुबारे छलफल गरिरहेको भन्दै त्रुटि–कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताए।

‘एमसिसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ। कसरी, त्यसको अन्तर्वस्तु के छ ? कतै त्रुटि–कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, कमिटमेन्ट दिनुपर्ने कुरा छ भने, ती के के हुन् भन्नेबारेमा पनि हामी छलफल गरिरहेका छौँ। तीनजनाको कमिटी बनाइएको छ। त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ। हामी जनभावनालाई पनि हेरिरहेका छौँ। नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार गर्न सक्दैनौँ,’ उनले भने, ‘अहिले एमसिसीसँग जोडिएकाहरूले यो गठबन्धनको अंग होइन भनेर हामीलाई प्रस्ट पार्ने कोसिस गरिरहेका छन्। यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्। सेनासँग वा अन्य कुनै पनि कुराहरूसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस्। छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस्।’