Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका क्वालालम्पुर
२०७८ पौष ५ सोमबार १३:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मलेसियामा बाढीका कारण ३५ हजारभन्दा बढी विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्वालालम्पुर
२०७८ पौष ५ सोमबार १३:०९:००

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन्। यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार कम्तीमा ३५ हजारजना बाढीबाट विस्थापित भएका छन्। मलेसियामा केही दिनदेखि निरन्तर रूपमा वर्षा भएको छ। वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको छ।

यहाँको पूर्वीतटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ। यहाँका करिब सात प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ। राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ। राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरूले जनाएका छन्।

मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ। नागरिकहरूलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ। रासस/सिन्ह्वा