मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष ५ सोमबार १०:३४:००
Read Time : < 1 मिनेट
अर्थ

ग्लोबल आइएमईको एनआरएन लक्षित विदेशी मुद्राका ६ खाता

Read Time : < 1 मिनेट
२०७८ पौष ५ सोमबार १०:३४:००

ग्लोबल आइएमई बैंक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशमा रहेका संस्थाहरूलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसिवाई बचत तथा मुद्दती निक्षेप खाताहरू रहेका छन् । 

अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, युरो, अस्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसिवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । यस प्रकारका खातामा अमेरिकी डलर पाँच हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्ने जनाइएको छ ।

उक्त खाता सञ्चालकहरूलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने जनाइएको छ । 

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरूलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिने उल्लेख छ । साथै, उक्त साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नुपरेमा सहज रूपमा निःशुल्क गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले हाल ७६ जिल्लामा दुई सय ८७ शाखा तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित आठ सय ५० भन्दा बढी केन्द्रबाट सेवा दिइरहेको जनाएको छ ।