१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ पौष ४ आइतबार १२:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बग्दादको ग्रिनजोनलाई लक्षित गरी रकेट आक्रमण

Read Time : < 1 मिनेट
२०७८ पौष ४ आइतबार १२:१३:००

इराकको मध्यबग्दादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिनजोनमा आइतबार बिहान दुईवटा कात्युसा रकेट प्रहार भएको इराकी समाचार एजेन्सी (आइएनए)ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सी–आरएएम प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको र अर्को क्षेत्रको भव्य समारोह स्क्वायरनजिकै अवतरण भएको थियो, जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्‍याएको एजेन्सीले  जनाएको छ।

आइएनएका अनुसार हताहतबारे तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रिनजोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन्। रासस/सिन्ह्वा