१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष ४ आइतबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भरतपुर, लुम्बिनी र पोखराको त्रिकोणात्मक पर्यटन प्रवर्द्धन

Read Time : < 1 मिनेट
२०७८ पौष ४ आइतबार ०७:५६:००

भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले त्रिकोणात्मक पर्यटन प्रवर्द्धन गर्ने भएका छन् । भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रममार्फत टुर प्याकेज घोषणासँगै स्वर्ण त्रिकोण गन्तव्य प्रवर्द्धन कार्यक्रम शुभारम्भ गरेको हो । 

जिल्लाका ६० पर्यटकीय गन्तव्यमध्ये भरतपुरमा ३० वटा गन्तव्य रहेको महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् । लुम्बिनी र पोखरा आउने पर्यटकलाई चितवन भित्र्याउने कार्यक्रमको उद्देश्य रहेको उनले बताइन् ।  

भरतपुर महानगरपालिकाले आफ्नो टुर प्याकेजमा जंगल सफारीदेखि नारायणी नदी सी–बिच हुँदै धार्मिक क्षेत्र र पहाडी डाँडामा पदमार्गसमेत समेटेको छ । महानगरपालिकाले सार्वजनिक गरेको सात दिनको टुर प्याकेजमा ३० महत्वपूर्ण पर्यटकीय गन्तव्य समावेश गरिएका छन् ।