मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष ३ शनिबार १५:५९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानको एक भवनमा भएको आगलागीमा परी २४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ पौष ३ शनिबार १५:५९:००

जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागीमा परी २४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउने क्लिनिक पनि रहेको जनाइएको छ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। आगलागीमा परी २४ जनाको मृत्यु हुनुको साथै अन्य चारजना घाइते भएका छन्।  घाइतेको अवस्था गम्भीर छ वा छैन भन्ने स्पष्ट नभएको एएफपीले जनाएको छ। करिब २० वर्गमिटर क्षेत्रफलमा आगलागी भएको थियो। एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ। रासस/एएफपी