मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २ शुक्रबार १७:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाढीका कारण दक्षिण सुडानमा आठ लाख बढी मानिस प्रभावित : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
२०७८ पौष २ शुक्रबार १७:४५:००

दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत मेयता देशका करिब आठ लाख ३५ हजार मानिस बाढीबाट प्रभावित भएका राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ।

प्रभावित भएकामध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ। तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना यसपालि गरेको छ। यस राज्यका दुई लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् भने उनीहरूलाई सहयोगको आवश्यकता छ।

कार्यालयका अनुसार पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले छ लाख १९ हजार मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन्। करिब चार लाख ७७ हजार मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका र दुई लाख २७ हजार मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ।

आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान गरिएकामा पाँच वर्षमुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक  अवस्था देखिएको छ। यसले देशमा पहिले नै २० लाख  मानिस आन्तरिक रूपमा विस्थापित रहेको उल्लेख गरेको छ। रासस/सिन्ह्वा