१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ पौष २ शुक्रबार १३:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ पौष २ शुक्रबार १३:४९:००

विराटनगरमा मोफसलमै पहिलोपटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानीबाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो चलचित्र महोत्वस हुन लागेको हो। दुई दिनसम्म चल्ने महोत्सवमा प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने आयोजकले जनाएको छ।

आयोजक राजवंशी चलचित्रकर्मी समाज समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो। समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलन आयोजना गरी सो विषयमा जानकारी गराएको छ। आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीपनारायण राजवंशीले जानकारी दिए।

महोत्सवमा राजवंशी, थारू, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बू, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ। प्रदर्शन गरिएका चलचित्रहरूमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ। त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समितिसमेत गठन गरिने आयोजक समितिले जनाएको छ।

महोत्सव उदघाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ। सोही दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्वसको उद्घाटन गर्नेछन् भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीबाट महोत्सव समापन हुनेछ।