मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार १५:४१:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्। पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग बिहीबार भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आमनिर्वाचन जित्नुपर्ने बताएका हुन्।

नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए। नेता पौडेलले आफू र महामन्त्री डा. शशांक कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गर्ने अभियानमा लागेको बताएका थिए।

भेटमा नवनिर्वाचित उपसभापति गुरुङले पार्टीलाई एकताबद्ध बनाएर आमनिर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताएका थिए। उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पारे। रासस