मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १ बिहीबार ११:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १ बिहीबार ११:५२:००

नेपालमा पनि अब विश्वका अन्य मुलुकहरूको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६ सय एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेपालले ठूलो फड्को मार्न सक्ने बताइएको छ । 

विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपिएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपिएस छ । वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपिएस पुग्ने अपेक्षा गरिएको छ । 

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएकोवर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।   योसँगै वर्ल्डलिंकको इन्टरनेट स्पिड अब कम्तीमा पनि एक सय ५० एमबिपिएस गतिको हुने उनले बताए  । उनी भन्छन्, ‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तीमा पनि एक सय ५० एमबिपिएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’ 

वर्ल्डलिंक सधैँ उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयासरत रहेको उल्लेख गर्दै वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउनेअनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार चार सय  अर्थात् मासिक एक हजार दुईमा एक सय ५० एमबिपिएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपिएससहित दुई सय २५ र तीन सय एमबिपिएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । 

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउँछन् । वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने, तर यसका लागि डुअल ब्यान्ड भएको राउटर आवश्यक पर्नेछ ।