१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २९ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई शुभकामना दिँदै पौडेलले भने– सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २९ बुधबार ११:१०:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भर्खरै पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई शुभकामना दिँदै सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्‍याउन आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र  र संविधानमार्फत जारी संविधान अहिले पनि खतरामुक्त नभइसकेको  र नेपाललाई अस्थिरता र अधाेगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् । उनले यी दुवै संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको औँल्याएका छन् ।

लोकतन्त्रको रक्षा र सुशासन दिन सभापतिलाई सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरे ।