मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाको दसैँ–तिहार योजनाका विजेता घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:००:००

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ तथा तिहार स्किम ‘होन्डाको साथ ७’का विजेताहरू घोषित गरेको छ । योजनाअनुसार स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली सातजनाले एक लाख रुपैयाँका दरले नगद तथा बम्परमा एकजना भाग्यशाली विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ ।

उपहार योजनामा १५ लाख रुपैयाँको बम्पर उपहार लुम्बिनी प्रदेशको एसटी अटोकी ग्राहक सावित्रा श्रेष्ठले जितेको जनाइएको छ । त्यस्तै, ‘होन्डाको साथ ७’मा प्रदेश नम्बर एकमा रविना चौधरी, प्रदेश नम्बर २ मा रामप्रकाश यादव, बागमती प्रदेशमा अनिना मानन्धर, गण्डकी प्रदेशमा जमुना मुडभरी, कर्णाली प्रदेशमा तारा थापा र सुदूरपश्चिम प्रदेशमा परशुराम थारूले एक लाख रुपैयाँका दरले रकम प्राप्त गरेको जनाइएको छ ।

यसका साथै योजनाअन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकले, सात वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, सात वर्षसम्मका लागि नौवटा बोनस सर्भिस कुपन तथा होन्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गरेको जनाइएको छ ।