मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेरबहादुर देउवालाई निःसर्त समर्थन गरेको हुँ : प्रकाशमान सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १९:५८:००

कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई निःसर्त समर्थन गरेको बताएका छन्। उनले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर सभापति पदको दोस्रो चरणको  निर्वाचनमा देउवालाई निःसर्त समर्थन गरेको बताएका हुन् । 

निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले समाचारहरू आएको भन्दै सिंहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सिंहले भनेका छन्, 'प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरूप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु।'