मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:४७:००

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो। दोस्रो चरणको मतदानमा पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा सुरु भएको हो।

बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा पहिलो चरणमा देउवाले २२५८ मत ल्याउँदा कोइरालाले १७२९ मत ल्याएका थिए।