मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन अध्यादेश पेस गरेर सकियो राष्ट्रिय सभाको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:४२:००

राष्ट्रिय सभामा तीन अध्यादेश पेस भएको छ। हिउँदे अधिवेशनको पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले तीन अध्यादेश पेस गरेकी हुन्।

सामाजिक सुरक्षा ऐनसम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस भएको हो। राष्ट्रिय सभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।