मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखरलाई भोट माग्दै गगनले भने : गल्ती एक क्षणको हुन्छ तर पुस्तौँले पछुताउनुपर्दछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १५:३६:००

नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले  डा. शेखर कोइरालाको पक्षमा मत मागेका छन्। उनले कोइरालालाई मत दिएर सभापति पदमा विजयी गराउन अनुरोध गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले दोस्रो चरणको मतदानमा पुनः मत दिएर कोइरालालाई विजयी गराउन अपिल गरेका हुन्। 

उनले भनेका छन्, ‘एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रूपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु।’

सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा देखिएको चाहना भएको उनले बताएका छन्। ‘त्यो चाहनालाई मतपत्रमार्फत प्रकट गर्ने क्षण आएको छ। नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आह्वान गरिरहेको छ,’ उनले भनेका छन्।
आजको गलत निर्णयले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउनुपर्ने उनको भनाइ छ। ‘इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौँले पछुताउनुपर्दछ। त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन,‘ थापाले भनेका छन्।