मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १३:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएकाले देउवालाई समर्थन गरेँ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार १३:४८:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएकाले दोस्रो चरणको मतनामा समर्थन गर्न लागेको बताएका छन्। पार्टीलाई व्यवस्थित गर्ने, विधान संशोधन गर्ने र आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता गरेका कारण समर्थन गरेको नेता सिंहको भनाइ छ।

आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन देउवाले सबैसँग सल्लाह गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता गरेको सिंहले बताए। नेता सिंहले आफूलाई सहयोग गर्ने सबैलाई देउवाको पक्षमा मत दिन आग्रह गरेका छन्। ‘तपाईंले उठाउँदै आउनुभएको जुन मुद्दाहरु छन्, यो पार्टीलाई व्यवस्थित गर्ने, पार्टीमा सुधार ल्याउने, पार्टीको विधानमा जहाँजहाँ, पार्टीलाई सुचारु रूपमा सञ्चालन गर्न अप्ठ्यारा परेका छन्। यो विधानलाई संशोधन पनि गर्न सक्ने त्यसमा सबैमा मेरो साथ हुन्छ भन्नुभयो’, उनले भने। आफूले विश्वप्रकाश शर्मासँग पनि मैले सल्लाह गरेको बताए।