१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रियो दि जेनेरियो
२०७८ मङ्सिर २८ मंगलबार १२:३१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अविरल वर्षा र बाढीका कारण ब्राजिलमा १० जनाको मृत्यु, २० हजार बढी विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रियो दि जेनेरियो
२०७८ मङ्सिर २८ मंगलबार १२:३१:००

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरूले जनाएका छन्। यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा पछिल्लो छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन्।

प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ। बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ। यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ। यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरले उद्धार गरिरहेका छन्। केही सहायता सामग्री पनि हेलिकोप्टरहरुले पु–याइरहेका बताइएको छ। यहाँका मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन्। रासस/सिन्ह्वा