१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर २७ सोमबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार कल्याणकारी कोषका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाको सहयोग

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २७ सोमबार १२:३६:००

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष वृद्धिका लागि धनकुटा सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । समाजले एक कार्यक्रमका बीच नगद रु ३० हजार प्रदान गरेको हो। कार्यक्रममा समाजकी उपाध्यक्ष निर्मला खड्काले पत्रकार महासंघ जिल्ला अध्यक्ष नगेन्द्र राईलाई नगद हस्तान्तरण गरिन्।

पत्रकारहरू गम्भीर बिरामी पर्दा सहयोग पु–याउने उद्देश्यले २०६८ सालमा स्थापना गरिएको कल्याणकारी कोषमा अहिले दुई लाख ५० हजार रकम जम्मा भएको कोषका सदस्यसचिव एवं पत्रकार महासंघका कोषाध्यक्ष रविन कट्टेलले जानकारी दिए। पत्रकारहरूलाई समस्या पर्दा कोषमा संकलित रकमबाट सहयोग उपलब्ध गराउँदै आइएको छ।