मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २६ आइतबार १५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विनोद चौधरी भन्छन्– राजनीति सम्भावनाहरूको खेल हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २६ आइतबार १५:०६:००

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार व्यवसायी विनोद चौधरीले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुसी व्यक्त गरेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मधेसी (खुला)तर्फबाट उम्मेदवारी दिएका चौधरीले महाधिवेशन प्रतिनिधि हुन पाउँदा खुसी रहेको बताए।

उनले राजनीतिलाई सम्भावनाहरूको खेल बताउँदै महाधिवेशनमा आफ्नो जितको दाबी गरे। 'राजनीति भनेको सम्भावनाहरूको खेल हो, शुभकामनाहरूको खेल पनि हो। कसैले पनि निश्चित यही हो भनेर भन्न सक्दैन। प्रयास गरिराख्नुपर्छ बाँकी भनेको प्रारब्धको खेल पनि हो,' चौधरीले भने।

राजनीतिकर्मी बन्नका लागि तल्लो तहबाट आउनुपर्ने उनको भनाइ छ। उनले आफू सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै प्रत्येक कार्यकर्तालाई आफ्नो खुट्टामा उभिएको देख्न चाहेको बताए। ‘यो अभियान कुनै नेताको मुख ताक्नु नपर्ने, निर्धक्कताका साथ योग्य नेता छान्न सक्ने कार्यकर्ता जन्माउन सक्ने अभियान हो,’ उनले भने, ‘यो अभियानमा सबैलाई जोड्ने मेरो काम हो, एउटा उद्देश्य लिएर म अगाडि बढेको छु।’