१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका सिंगापुर
२०७८ मङ्सिर २६ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिंगापुर
२०७८ मङ्सिर २६ आइतबार १४:०६:००

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन्। सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले सो कुराको जानकारी दिएको हो। बेइजिङ ओलम्पिकमा गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिष्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिष्कार गर्ने कुनै योजना नबनाएको पत्रिकाले जनाएको छ।

गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएका निमन्त्रणा स्वीकार गरेका र उनी सो कार्यक्रममा उपस्थित हुने जानकारी दिएका समाचारमा लेखिएको छ। बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले भने कुनै प्रतिक्रिया दिएका छैनन्। उनले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। रासस/सिन्ह्वा