मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १९:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विनोद चौधरीद्वारा मधेसी कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २५ शनिबार १९:४७:००

कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । समृद्ध नेपाल बनाउने सपनाअनुरूप राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । 

‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्,’ उनले उम्मेदवारी घोषणा गर्दै भने, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउने हो ।’ 

राष्ट्र निर्माणको आफ्नो सपनालाई पूरा गर्न सबैको सहयोग पाउनेमा विश्वस्त रहेको चौधरीले बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरू सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो,’ उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरूको सिर्जनशील सोच, शिल्प, श्रम र केही गरौँ भन्ने उत्साह भएकाले नेपाली कांग्रेसले सही नेतृत्व पाउनुपर्छ ।’