मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मन्त्रीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार १६:०२:००

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले नेपाली कांग्रेसको महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मगर समुदायबाट कांग्रेसको केन्द्रमा प्रतिनिधित्व नभएको भन्दै उनले उम्मेदवारी घोषणा गरेको बताएका छन्।

‘मैले पाल्पामा रहेर लामो समय पार्टीलाई सेवा गरेँ। प्रतिकूलताका बीचमा पनि कांग्रेसलाई स्थापित गरेको छु,’ रानाले भने, ‘मैले जहाँ रहे पनि कांग्रेसका साथीहरूलाई उत्साह थप्दै आएको छु, अब देशभरिका कांग्रेस नेताकार्यकर्ताको मनोबल बढाउनका लागि मैले उम्मेदवारी दिन लागेको छु ।’ उनले जनजाति कोटाबाट उम्मेदवारी प्राविधिक विषय मात्रै भएको भन्दै केन्द्रमा निर्वाचित भएपछि पार्टी र युवा पुस्ताको हितमा काम गर्ने बताए।