१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका रियो दि जेनेरियो
२०७८ मङ्सिर २३ बिहीबार १४:१९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फुटबल लिजेन्ड पेले पुनः अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रियो दि जेनेरियो
२०७८ मङ्सिर २३ बिहीबार १४:१९:००

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ।
 
सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरेको बताएका थिए। चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए। तीनपटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखापर्ने गरेका छन्। उनी प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन्।

गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण 'एक प्रकारको डिप्रेसन'सँग लडिरहेकाे बताएका थिए। पेलेले २१ वर्षको व्यावसायिक करिअरमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोलको विश्व रेकर्ड बनाएका  छन्। उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रियस्तरमा गोल गरेका थिए।रासस