मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार ०६:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘जबज : फरक बहस’ र ‘असमान पहाडहरू’माथि अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार ०६:२०:००

पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद : फरक बहस’ र ‘असमान पहाडहरू’ कवितासंग्रहमाथि अन्तर्क्रिया  सम्पन्न भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् ।

कार्यक्रममा नीलमकुमार ओझाले ‘जबज : फरक बहस’ पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा सात दशकदेखि टुटफुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए । साथै, पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा तीन दशकदेखि निरन्तर रहेको एमालेको मार्गदर्शन भनिएको जबज कार्यान्वयनमा देखिएका कमजोरीबारे पनि मिहीन ढंगले केलाएको उनको भनाइ थियो । कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए ।

‘असमान पहाडहरू’ कवितासंग्रहबारे समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन् । उनले कवितामा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कवितासंग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन । नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे । लेखक ओझाले आफू साहित्य र राजनीतिमा पनि रुचि राख्ने भएकाले साहित्य सिर्जनासँगै राजनीतिक विश्लेषणमा सक्रिय रहेको बताए । मन्त्री रामकुमारी झाँक्रीले जबजबारे विभिन्न कोणबाट एमालेभित्रै बहस भइरहेका र अहिले नेकपा (एस)मा पनि यसबारे बहस चलिरहेको बताइन् ।