१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर २१ मंगलबार १२:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउँछ : शिक्षा मन्त्री पौडेल

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार १२:३९:००

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एक सय शय्याको आफ्नै अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारेका हुन्।

'आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन्,' उनले भने। अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो। मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पिसिएल नर्सिङको अध्ययन ०८० सालदेखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताए। रासस