Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर २१ मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा एक व्यक्ति मृत फेला

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार १०:४१:००

महोत्तरीमा एक अधवैशे व्यक्ति मृत फेला परेका छन् । जलेश्वर नगरपालिका– ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादव एकडारा गाउँपालिका– ५ गेना बथनाहामा रहेको इँटा भट्टानजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

उनको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृत्यु हत्या वा दुर्घटना के हो भन्ने  अहिले खुलिनसकेको र पोस्टमार्टमको रिपोर्टपछि मात्र केही भन्न सकिने प्रहरीले बताए । 

गत शुक्रबार शसस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादवसमेत सोही स्थानमा रहेको र सोही वेलादेखि उनी सम्पर्कविहीन भएको जलेश्वर नगरपालिका–७ का वडाअध्यक्ष रामछविलास यादवले बताए । उनले मृतक यादवको खोजी सोही दिनदेखि हुँदै आएकोमा उनको शव भेटिएपछि आफूहरू सशंकित भएको तथा घटनाको सुक्ष्म छानबिन हुनुपर्ने माग गरे । 

यता मृतकको शव भेटिएकै स्थानमा स्थानीयहरूले शसस्त्र प्रहरीले उनको हत्या गरेको भनेपछि अवस्था असामान्य बनेपछि केही बुद्धिजीवीले शव पोस्टमार्टम हुन दिन आग्रह गरेपछि उनको शव त्यहाँबाट अस्पताल लगिएको थियो ।