मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १९ आइतबार १६:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसाका नयाँ रूपहरू प्रकट भइरहेका छन् : राष्ट्रपति भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १९ आइतबार १६:०३:००

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूपहरू प्रकट भइराखेको बताएकी छिन् । आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो  बताएकी हुन् । 

‘एकातिर छाउपडी, बोक्सीजस्ता कुप्रथाहरू हामीले पूर्ण रूपमा निर्मूल गर्न अझै संघर्ष गरिरहनुपरेको छ भने अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूपहरू प्रकट भइरहेका छन्,’ कार्यक्रममा बोल्दै उनले भनिन्, ‘यसका साथै महिलाहरू बालविवाह, बहुविवाह,एसिड आक्रमण र बलात्कारजस्ता जघन्य अपराधबाट पीडित बन्नुपरिरहेको अवस्था पनि विद्यमान छ।’

समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सके मात्र सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुगिने उनको जोड थियो ।  

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ।