Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर १९ आइतबार १२:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बाइडेन र पुटिनबीच मंगलबार वार्ता हुने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १२:४०:००

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ। उनीहरूबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उदृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।

प्रवक्ता पेस्कोभका अनुसार रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिका बीचमा भिडियो वार्ता हुन लागेको हो। सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरूको चाहनाअनुसार हुने जवाफ दिएका छन्। सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने बताइएको छ। रासस/सिन्ह्वा