मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ पौष ६ शुक्रबार ०९:०६:००
Read Time : > 1 मिनेट
खेलकुद

सकिबको अलराउन्डर प्रदर्शन

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ पौष ६ शुक्रबार ०९:०६:००

सकिब अल हसनले अलराउन्डर प्रदर्शन गरेपछि बिहीबार बंगलादेशले वेस्टइन्डिजमाथि दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा ३६ रनको जित निकालेको छ । जितसँगै बंगलादेशले सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा वेस्टइन्डिज विजयी भएको थियो । पहिलो ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर २ सय ११ रनको विशाल योगफल खडा गर्‍यो । वेस्टइन्डिजले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७५ रन मात्र जोड्यो । 

ब्याटिङ र बलिङ दुवैमा चम्के सकिब

घरेलु पिचमा पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि सकिबले २६ बलको सामना गरी ४२ रनको योगदान दिए । उनले आफ्नो विस्फोटक इनिङमा ५ चौका र १ छक्का प्रहार गरे । बलिङका क्रममा उनले २० रन मात्र खर्चेर ५ विकेट हात पारे । उनले वेस्टइन्डिजका पुरन, हेटमेयर, ब्राभो, वैथवेट र अलेनको विकेट लिए । 

मबजुत साझेदारी

बंगलादेशको इनिङमा चार ब्याट्सम्यानले विस्फोटक ब्याटिङ गर्नुका साथै साझेदारी पनि निर्वाह गरे । लिटन दासले सौम्य सरकारसँग दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे । यसैगरी सकिब र मोहमदुल्लाहबीच चौथो विकेटका लागि ९१ रनको साझेदरी भयो ।

मोहमदुल्लाहले २१ बलमा ७ चौकाको सहयोगमा ४३ रन बनाए । सौम्यले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३२ रन बनाए । लिटनले सर्वाधिक ६० रन जोडे । उनले ३४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । 

पावेलको अर्धशतक

वेस्टइन्डिजको इनिङमा रोभमान पावेलले सर्वाधिक ५० रनको योगदान दिए । उनले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सो इनिङमा होपले १९ बलमा ६ चौकाको मद्दतमा ३६ रन बनाए । पाउलले पुछारमा ब्याटिङ गरी १६ बलमा २९ रन बटुले । सो इनिङमा दुई ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । चार ब्याट्सम्यान दोहारो अंकमा रन बनाउन चुके ।