१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : मतदानपछि तस्बिर खिचाउँदै सभापतिका उम्मेदवार शुक्रराज शर्मा(बायाँ) र अर्जुन जोशी(दायाँ)
२०७८ मङ्सिर १८ शनिबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस गण्डकीमा मतदान सम्पन्न, आजैबाट मतगणना सुरु हुने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार १८:२२:००

कांग्रेस गण्डकी प्रदेश समिति चयनका लागि मतदान सकिएको छ। गण्डकी प्रदेशमा ११ सय ६६ मतदाता रहेकामा ११ सय ४६ प्रतिनिधिले मत दिएकाे कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचन समितिका अनुसार मतगणना शनिबार साँझ नै सुरु हुनेछ। कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले साँझ ८ देखि ९ बजेसम्ममा मतगणना थालनी भइसक्ने जानकारी दिए। 

सभापति पदका उम्मेदवार शुक्रराज शर्माले मतदान अत्यन्तै उत्साहपूर्वक सम्पन्न भएको बताए। प्रतिनिधिले पार्टीप्रति विश्वास र भरोसा देखाएको भन्दै उनले पार्टीका मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति देखाएको सद्भावले उत्साहित बनाएको प्रतिक्रिया दिए। गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतरपक्ष (पौडेल समूह) प्यानलसहितको प्रतिस्पर्धामा छन्। सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ।

संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतरपक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन्। जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन्।महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने प्रतिस्पर्धा गरेका छन्। सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन्।

सहमहामन्त्री दुईजनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा प्यानलबाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन्।