मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १८ शनिबार १०:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार १०:५७:००

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ। कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यसपटक हुन लागेको हो। व्यास नगरपालिका–३ स्थित बिपी वनवाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ। 

संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ। आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार–व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए।

पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब छ करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अनुमान छ। महोत्सवमा कुल आम्दानी ८० लाख रुपैयाँ र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ।

महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइनेछ। सेती र मादीको संगमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर यो सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रूपले सम्पन्न ग्रामीण बस्तीको प्रवर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमुना ग्राम भ्रमण गराउने योजना छ। महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। रासस