१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर १८ शनिबार ०६:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

 महोत्तरीमा १०१ किलो गाँजासहित तीनजना पक्राउ

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १८ शनिबार ०६:३८:००

महोत्तरीमा तयारी गाँजा एक सय एक  किलो पाँचसय ग्रामसहित तीनजनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआइजी गणेश बवहादुर ठाडामगरले पाएको विशेष सुराकीको आधारमा उनीबाट खटाइएको विशेष टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । गाँजासहित दुईजना पक्राउ परेका छन् भने एकजना सोहि बीचबाट पक्राउ परेपनि उनको संलग्नताबारे अझै खुल्न सकेको छैन ।

जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सिमा पर्ने एकडारा गाउपालिका ५ को गेना बथनाहा स्थित खेतको बाटोबाट शसस्त्र प्रहरीको विशेष टोलीले शुक्रबार राती ९ः३०मा उक्त सामग्रीसहित तीनैजनालाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं. ९ गण हे.क्वा का गणपति एसपी सुरेश सापकोटाले बताए ।

पक्राउ पर्नेमा वर्ष ५० को सुरेश यादवसहित थप एकजना रहेकोमा नाम नखुलेका मानिसको गाँजा तस्करीमा संलग्नता वारे प्रहरी अनुसन्धान पछिमात्र खुल्ने शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक प्रक्रिया पुरा गरि प्रहरीलाई जिम्मा लगाइने  एसपी सापकोटाले बताए । पक्राउ परेकाहरु भरिया हुन सक्ने प्रारम्भिक अनुमान रहेपनि प्रहरी अनुसन्धानले सवैकुरा खुल्ने उनले बताए ।

उनले डिआइजीको लागु औषध नियन्त्रणको लागि कडा निर्देशन रहेकोमा सोहि अनुरुप यो भन्दा पहिला समेत करिव ८ विग्हा जग्गामा लगाइएको गाँजाको बोट फडानी गरिएको तथा सोहि दिन ४३.५ किलो तयारी गाँजा समेत प्रहरीले जलेश्वर नगरपालिका ७ स्थित स्थानिय एकजनाको घरबाट नियन्त्रणमा लिएको थियो ।

यता शुक्रबार साँझ नै शसस्त्र प्रहरीले नौ लाख स्रोत नखुलेको भारतीय रुपैयाँ समेत नियन्त्रणमा लिएको छ । मटिहानी स्थित गाँधी गल्लीबाट उक्त रकम सहित बिआर ०६सिजे७९५९ नं. को भारतीय स्कुटर समेत नियन्त्रणमा लिएको शसस्त्र प्रहरीका एसपी सापकोटाले बताए  । रकमसहित मटिहानीकै सिमापारीको गाउँ मधवापुर १ बस्ने १७ वर्षीय  अभिनव पुर्वेसमेत पक्राउ परेका हुन् ।