१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १८:३५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ध्रुव थापाद्वारा नाडाको नेतृत्वका लागि प्यानल घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १८:३५:००

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपाध्यक्षसमेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन्। उनले आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको बताए। पूर्वउपाध्यक्ष थापाको प्यानलले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नारासहित विभिन्न स्थानमा रहेका अटो मोबाइल्स व्यवसायीहरूसँग छलफलसमेत गरेको थापाले बताए। उनले राज्यले नाडाले उठाएका विषयलाई गम्भीरताका साथ नलिएको भन्दै आपत्ति जनाए। अटो क्षेत्रका कतिपय कर प्रदेश सरकारले लगाइरहेको भन्दै त्यसलाई नागरिकमैत्री बनाउन आफू निर्वाचित भइसकेपछि काम अघि बढाउने प्रतिबद्धता जनाए। 

उनले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको दाबी गरे। थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल सिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बि. एन. पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान र महिला प्रतिनिधिमा यमुना श्रेष्ठ रहेका छन्। नाडाको नयाँ नेतृत्वका लागि आगामी मंसिर २३ गते काठमाडौंमा हुने निर्वाचनमा हाल नाडाको उपाध्यक्ष रहेका करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन्।