१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल सुर्खेत
२०७८ मङ्सिर १६ बिहीबार १५:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश अधिवेशन : कर्णालीमा पौडेल पक्षद्वारा उद्घाटन सत्र बहिष्कार

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७८ मङ्सिर १६ बिहीबार १५:२३:००

कर्णाली प्रदेशकाे सुर्खेतमा सुरु भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशनकाे उद्घाटन सत्र पौडेल पक्षले बहिष्कार गरेको छ । 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो ।

कांग्रेसले संस्थापन पक्षका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो । ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन,’ पौडेल समूहका नेताले भने, ‘खबर नहुँदा हामी पौडेल समूहका नेताहरू अनुपस्थित भएका हौँ।’

उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीलगायतका नेताहरू अनुपस्थित रहेका छन् ।