Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७८ मङ्सिर १६ बिहीबार १५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस कर्णाली सभापतिमा पौडेल पक्षबाट भूपेन्द्रजंग उम्मेदवार, देउवा पक्षमा अझै जुटेन सहमति

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७८ मङ्सिर १६ बिहीबार १५:०६:००

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समूहबाट भूपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समूहबाट दुईजना आकांक्षी उम्मेदवार भए पनि शाही नै सभापतिमा भिड्ने भएका हुन् ।

पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका उनले १४औँ महाधिवेशनअन्तर्गत प्रथम प्रदेश अधिवेशनबाट सभापति निर्वाचित हुन उम्मेदवार बनेका हुन् ।

शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्तावसमेत पेस गरिसकेका छन् । बिहीबारबाट सुरु हुने कांग्रेस प्रदेश अधिवेशनमा शुक्रबार मनोनयन र शनिबार मतदानको कार्यतालिका छ । 

आकांक्षीबीच सहमति जुटाउन देउवा पक्षकाे कसरत

संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । 

शाही र शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् । सहकारी कालिकोट सभापति भइसकेका छन् । तीनजनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेको र शुक्रबार बिहानसम्म टुंगो लाग्ने देउवा पक्षले जनाएको छ ।

स्रोतका अनुसार छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भइरहेको छ ।