१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार १३:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : प्रदेश अधिवेशनको उद्घाटन सभापति देउवाले भर्चुअल माध्यमबाट गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार १३:१०:००

काठमाडौँ ः नेपाली कांग्रेसको १४औँ महाधिबेशनअन्तर्गत आजबाट सुरु प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्ययमबाट गर्ने भएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनको उद्घाटन सभापति देउवाले दिँउसो २ बजे भर्चुअल माध्ययमबाट गर्ने छन्। 

प्रवक्ता शर्माले एकसाथ सातै प्रदेशमा अधिबेशनको उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिए। 

कांग्रेस विधानमा प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने व्यवस्था छ। विधानमा कोषाध्यक्षमा भने मनोनीत गर्ने प्रावधान राखिएको छ। १४औँ महाधिवेशनबाट कांग्रेसले आफूलाई संघीय संरचनामा रूपान्तरण गर्न पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । कांग्रेस कार्यतालिकाअनुसार आज उद्घाटन, मंसिर १७ गते मनोनयन र मंसिर १८ मा निर्वाचन हुनेछ। 

उद्घाटनसँगै आज १४ औँ महाधिवेशनको लोगोसमेत सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी दिए ।