मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोनी राई
२०७८ मङ्सिर १६ बिहीबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुका दुई पत्रकारमाथि हातपात, दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

Read Time : < 1 मिनेट
सोनी राई
२०७८ मङ्सिर १६ बिहीबार १२:३७:००

सोलुखुम्बुमा रिर्पाेटिङमा खटिएका दुई पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ सोलुखुम्बुले आपत्ति जनाएको छ । मंसिर १४ गते सम्पन्न नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिको दोस्रो चरणको निर्वाचनको मतगणनाका क्रममा मध्यरातमा रिपोर्टिङ गर्ने क्रममा नेपाल पत्रकार महासंघ सोलुखुम्बु कार्यसमिति सदस्य रमन वन तथा अर्का सदस्य सुवास दर्नाललाई कांग्रेस कार्यकर्ताले गरेको हातपात निन्दनीय भएको पत्रकार महासंघले जनाएको हो । 

हातपात गर्नेहरूमा नेवि संघ जिल्ला उपाध्यक्ष जीवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेवि संघ माप्य दूधकोसी अध्यक्ष विभूषण राईलगायतका कार्यकर्ता रहेका छन् । 

समयमा नै घटनाको छानबिन तथा कानुनी प्रक्रिया अगाडि नबढेको खण्डमा नेपाल पत्रकार महासंघ सोलुखुम्बुले आफ्नो प्रक्रिया अगाडि बढाउने अध्यक्ष नुतन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हातपातका क्रममा रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा क्षति पुगेको छ । 

आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा क्षति पुगेको छ । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथि प्रहरीकै अगाडि हातपात हुँदा पनि प्रहरीले केही नगरेको पीडित पत्रकारको गुनासो छ ।