मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १५ बुधबार १९:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध धुपी र गुच्छी च्याउसहित लमजुङबाट चार पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १५ बुधबार १९:१७:००

जिल्ला प्रहरी कार्यालय लमजुङले बेँसीसहरबाट अवैध धुपी र गुच्छी च्याउसहित चारजनालाई पक्राउ गरेको छ । मंगलबार राति मनाङबाट काठमाडौं लैजाँदै गरेको अवस्थमा बेँसीसहरबाट अवैध धुपीसहित चारजनालाई पक्राउ गरिएको डिएसपी कृष्णबहादुर कार्कीले बताए। 

प्रहरीले गोरखाको पालुङटार नगरपालिका– १ का २७ वर्षीय सोमबहादुर नेपालीले चलाएको ग १ ज ७२२१ नम्बरको बोलेर जिपबाट २६३ किलो धुपीको पात र गोरखाको बारपाक सुलीकोट गाउँपालिका– १ का २८ वर्षीय तीर्थराज घलेले चलाएको ग १ ज ७७३७ नम्बरको जिपबाट २ सय किलो धुपीको पात र ३ सय ग्राम गुच्छी च्याउ बरामद गरेको छ । 

उनीहरूले ल्याएर बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा २ सय ४५ किलो धुपीको पात मनाङे चौतारास्थित तिलिचो होटेलको बरन्डाबाट बरामद गरिएको प्रहरीले जनाएको छ । जिपमा सवार मनाङ ङिस्याङ गाउँपालिका– ५ का ५२ वर्षीया छिरिङ साङमा घले र ५८ वर्षीय कर्माछिरिङ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ५८ वर्षीय कर्मा छिरिङ गुरुङ मनाङ ङिस्याङ गाउँपालिका– ५ मा गत स्थानीय चुनावमा निर्वाचित वडाध्यक्ष हुन् । कार्कीका अनुसार उनीहरूको साथबाट ३ सय ग्राम गुच्छी च्याउ पनि बरामद भएको छ ।

बरामद अवैध धुपी र गुच्छी च्याउसहित पक्राउ परेकालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि बुधबार डिभिजन वन कार्यालय, लमजुङमा पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो समय अवैध जडीबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाएको बताएको छ।