मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार १६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार १६:५६:००

प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा देउवाले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

उनले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए। अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उनले निजी क्षेत्र र सरोकारवाला निकायहरू मिलेर काम गर्नुपर्ने उल्लेख गरे।

‘सरकार तथा निजी क्षेत्रले गरेको कमी–कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ। त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन। निजी क्षेत्र र सबै सरोकारवालाहरूको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ। यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ,’ देउवाले भने, ‘छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्छ। सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन। बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ। त्यसैले देश तथा विदेशका लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु। नेपालमा तपाईंहरूको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु।’