१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १५ बुधबार १३:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीविहीन तनहुँका विद्यालय खारेज गरिने

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १५ बुधबार १३:३२:००

विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ। शैक्षिक सत्र ०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मंगलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

आर्थिक वर्ष ०७८/७९ का लागि सरकारबाट प्राप्त ससर्त अनुदानअन्तर्गत तलबभत्ता र छात्रवृत्तिलगायतका विभिन्न शीर्षक अध्ययन गरी उक्त शीर्षकमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याइसहित शीर्षकगत रूपमा नपुग हुने रकमको विवरण मंसिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय पनि भएको छ। 

यस्तै बैठकले विद्यालयमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई छात्रवृत्ति पाउने विद्यार्थीको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाका लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय गरेको छ। शिक्षकको पेसागत सहयोग र विद्यालय अनुगमनका लागि प्रत्येक स्थानीय तहमा पेसागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट समन्वयात्मक रूपमा कार्यक्रम तय गरी संयुक्त रूपमा शिक्षकको पेसागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।

बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपाय, यस वर्षको जिल्ला र दिवाखाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याब, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेसागत सहयोग, छात्राहरूलाई सेनेटरी प्याड वितरण, नमुना विद्यालयको निर्माणलगायतका विषयमा छलफल भएको थियो। रासस