मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर १५ बुधबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा भिरबाट लडेका एक व्यक्ति बेपत्ता, बुढीगण्डकीमा खसेको अनुमान

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १५ बुधबार १२:५८:००

उत्तरी गोरखामा भिरबाट लडेर एकजना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका– ४ सिर्दिवासबाट नामरुङतर्फ जाँदै गर्दा ४१ वर्षीय वीरबहादुर घर्ती मंगलबार दिउँसो बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

सिर्दिवासबाट २६ वटा खच्चड धपाई नामरुङतर्फ जाने क्रममा बाग्लुङ निसिखोला गाउँपालिका– ६ का घर्ती बेपत्ता भएका हुन्। कच्ची सडकमा एक्कासि लडेका उनी एक सय ५० मिटर तल खसेर बेपत्ता भएकाे प्रहरीले जनाएको छ।

बेपत्ता भएका घर्तीको झोला, झोलाभित्र रहेको पर्स, मोबाइल र मतदाता परिचयपत्रा फेला परे पनि उनलाई भने हालसम्म फेला  पार्न नसकिएको डिएसपी दाहाले जानकारी दिए। उनी भिरबाट खसी बुढीगण्डकी नदीमा बेपत्ता भएकाे हुन सक्ने प्रहरीको अनुमान छ।

खच्चडधनी चुमनुब्री गाउँपालिका– ३ चिसापानीका दीपेन्द्र गुरुङले लार्के प्रहरी चौकीमा खबर गरेपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।