१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्घार्थका ग्राहकलाई स्पर्श मल्टी स्पेसियालिटी अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०६:३४:००

सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले वीरगन्जको स्पर्श मल्टी स्पेसियालिटी अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो । 

सम्झौताअनुसार बैंकका ग्राहकले स्पर्श मल्टी स्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी भुक्तानी गरेमा विभिन्न सेवाशुल्कमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । सम्झौतामा बैंकका वीरगन्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने र अस्पतालका प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका थिए । 

सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।