मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुराका कांग्रेस कार्यकर्ताको अनशन तोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १८:२१:००

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरूले डडेल्धुरामा गरिएको वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्। मंगलबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनसन स्थगित गरिएको हो। नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए। 

उपसभापति निधिले अनसनकारीहरूको पिर मर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आमजनताको बीचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनसन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए। उपसभापति निधिले डडेल्धुरामा उजुरी छानबिन नगरी वडा/पालिकाहरूको अधिवेशन गरिनु गम्भीर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरूको माग र आग्रहहरूप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए।