१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १६:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रु व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने सरकारको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १६:३९:००

सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने भएको छ ।  मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताए । 

उनले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई १५–१६ मंसिर ०७८ सम्म आयोजना हुन लागेको ‘अन कम्पास इन्टरनेसनल समिट एन्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेन्डेमिक ट्रान्सफर्मेसन एन इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको बताए । 

कार्कीले  प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरूप नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने, नेपाल सरकार र युएनडिपीबीच सम्पन्न भएको स्ट्यान्डर बेसिक असिस्टेन्ट एग्रिमेन्टलाई लागू गर्न कूटनीतिक नोट परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । 

आगामी २३ र २४ मंसिरमा अमेरिका राष्ट्रपतिबाट भर्चुअल रूपमा आयोजना हुन लागेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्कीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशाेधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशाेधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । 

कार्कीले राजपत्रांकित विशिष्ट श्रेणीका १० जना सचिवको सरुवा गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ भने सहरी विकास मन्त्रालयमा कार्यरत सचिव डा. रमेश सिंहलाई अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ । 

यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।  मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा, एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक स्राेत वित्त आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।