१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ लाख नगदसहित कोटेश्वरबाट पाँच जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार १२:०१:००

६ लाख नगदसहित कोटेश्वरबाट पाँच जुवाडे पक्राउ परेका छन्। प्रहरी प्रभाग कोटेश्वरको टोलीले घरधनी ईश्वर कार्की, पेप्सिकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, रामेछापका सागर केसी र  दीपक तिम्सिनालाई पक्राउ गरेको हो।

कोटेश्वरको कोटदेवी मन्दिरनजिक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा विशेष सूचनामा आधारमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट २० थान तास बुकसहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद भएको छ। उनीहरूलाई जुवा ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।