मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार ०९:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र र आर्मी बराबरीमा रोकिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १४ मंगलबार ०९:०४:००

सहिद स्माकर ए डिभिजन लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुुवन आर्मीले सोमबार गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्र र आर्मीले पूरै ९० मिनेट गोल गर्न नसक्दा समान एक–एक अंक बाँडेका छन् । गत संस्करणमा मच्छिन्द्रले इतिहासमै पहिलोपटक ए डिभिजन लिगको उपाधि उचाल्ने क्रममा अन्तिम खेलमा आर्मीलाई १–० ले हराएको थियो । 

खेलको २६ औँ मिनेटमा मच्छिन्द्रले अग्रताको अवसर गुमायो । र‍ञ्जित धिमालको क्रसमा नुर्लानको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए । गोलरक्षक कुथुबाट रिबाउन्ड बलमा सुनील बलको प्रहारलाई पुनः विकेशले बचाए । बराबरीसँगै मच्छिन्द्रले दुई खेलबाट चार अंक जोडेको छ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो । आर्मीको यो लगातार दोस्रो बराबरी हो । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो । आर्मीले दुई खेलमा दुई अंक जोडेको छ ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले टोलीमा सेन्टर फरवार्डको कमी रहेको बताएका छन् । ‘हामीलाई स्ट्राइकरकै कमी भयो र टोलीमा सेन्टर फरवार्डको अभाव देखियो,’ उनले भने । मच्छिन्द्रका सेन्टर फरवार्ड रेजिन सुब्बा चोटका कारण एक महिना मैदानबाहिर रहनेछन् । सुब्बालाई मच्छिन्द्रले सेन्टर फरवार्डका रुपमा क्लबमा अनुबन्ध गरेको थियो । 

यसैगरी, सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । यस्तै, एनआरटीको यो पहिलो एक अंक हो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए ।