१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १७:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १७:५८:००

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ। निर्देशक समाज र युनडिपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मूलनसम्बन्धी विषयलाई तीन मिनेटभित्रमा प्रस्तुत गर्नुपर्नेछ।

‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जात प्रथा उन्मूलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ जारी सूचनामा भनिएको छ। प्रतियोगितामा जोकोहीले सहभागिता जनाउन पाउनेछन्। भिडियोको प्राविधिक गुणस्तर १,०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्वीकार गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुनदसक्नेछन्। तर, सामुदायिक भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने भिडियोलाई भने प्रतियोगितामा प्रोत्साहित गर्न नसकिने जनाइएको छ।

इच्छुक सहभागीले आउँदो डिसेम्बर महिनाको १० तारिखसम्म भिडियो निर्धारित ठेगानामा पठाइसक्नुपर्नेछ । यसरी प्राप्त भिडियोलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र  तीन सदस्यीय निर्णायक समितिको मूल्यांकनका आधारमा विजेता घोषणा गरिनेछ। सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनाेट हुनेछन्।

प्राप्त भिडियो युएनडिपीको पेजमा राखिने र त्यहाँ राखिएका फिल्मले पाउने दर्शक, अन्तर्क्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडिपीले जनाएको छ। प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।